४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च
अ+ अ-

म्याग्दी । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । आयोगले तोकेको मिति नजिकिदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरु नामावली दर्ताका लागि कार्यालयमा आएका छन् ।

गत हप्तासम्म दैनिक १० देखि १५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा आइतबारदेखि ५० जनाको हाराहारीमा आएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले बताउनुभयो । “नाम दर्ता गर्ने समयसिमा नजिकिदै गर्दा सेवाग्राहीको चाप बढेकोले सर्वर नचल्दा काम गर्न ढिलाई र समस्या भएको छ,” उहाँले भन्नुभयो “नामावली दर्ताका लागि आउनेमा युवा युवतिहरु धेरै छन् ।”

नयाँ मतदाताहरुले मतदानको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाकी अस्मि सापकोटाले मतदानमा भाग लिनका लागि नामावली दर्ता गर्नुपर्ने र आफ्नो उमेर पुगेको हुँदा दर्ताका लागि आएको बताउनुभयो । “योग्य उमेद्वारलाई जिताएर नीति निर्माण तहमा पु¥याउन सकेमा हाम्रो भावना बुझेर बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ति जस्ता समस्याको सम्बोधन हुने अपेक्षा गरेकी छु,” उहाँले भन्नुभयो, “पहिलो पटक मतदानमा भाग लिन पाउने भएकाले उत्साही भएको छु ।”

बेनीकी जाफ्रिन हुसेनले निर्वाचनप्रति स्थिरता, शुसाषन, विकास, रोजगारी सिर्जना, शान्तिको अपेक्षा गरेको बताउनुभयो । जासिम मियाले नेपालमा दिगो शान्ति, विकास र सम्बृद्धि चाहेको बताउनुभयो ।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । मंगलबारसम्म नयाँ चार सय ८८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ताको ब्यवस्था मिलाइएको छ ।

वि।स। २०७९ मा भएको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार ८४ हजार पाँच सय २० जना कायम भएको छ ।

अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार एक सय ७४ जना पुरुष, ४३ हजार तीन सय ४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाईसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका छन् ।