४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

ब्याडमिन्टनमा चितवनको वर्चस्व

ब्याडमिन्टनमा चितवनको वर्चस्व
अ+ अ-

चितवन । प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् ।

प्रतियोगितामा सबैभन्दा चासोको पुरुष डबल ‘ए’ को उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा र विनोद पौडेलको जोडीले सहज जित हासिल ग¥यो ।

यी दुईले पोखराका विशाल खड्का र विशाल बस्नेतको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । चितवनले पहिलो सेट २१–१९ ले जितेको थियो भने दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पार्यो । चितवनलाई उपाधि दिलाउन घरेलु दर्शकको साथ पनि राम्रो रह्यो । खेल सकिँदा राति ८.१५ बजेको थियो । त्यतिबेलासम्म पनि दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।

उपाधि जित्न सफल चितवनका थापा र पौडेलको जोडीले नगद रु ४० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पायो । उपविजेतामै सीमित पोखराका थापा र पौडेलको जोडीले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता र उपविजेता खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गङ्गा लामाले पुरस्कार प्रदान गर्नुभएको कार्यक्रम संयोजक सुदन दराईले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताअन्तर्गत पुरुष डबल ‘बी’ समूहको उपाधि चितवन जिल्ला ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र गोपाल पन्थीले हात पारे । यी दुईको जोडीले पूर्वी चितवन बेल्सीका विकास डल्लाकोटी र सन्देश बस्नेतलाई पराजित गरेको हो । खेल प्रतिस्पर्धात्मक बने पनि २–० को सोझो सेटमै सकिएको थियो । विजेता चौधरी र पन्थीको जोडीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको बेल्सीका डल्लाकोटी र बस्नेतले नगद रु १३ हजार, र शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत पुरुष भेट्रान्स (४५ वर्षमाथि)को उपाधि चितवन ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र सुरेश श्रेष्ठको जोडीले जितेको छ । चितवनले तनहुँका टिक थापा र मोनबहादुर रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजयी टिमले रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता तनहुँले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

त्यस्तै सुपर भेट्रान्स (५५ वर्ष माथि)को उपाधि बागलुङले जितेको छ । बागलुङका राजेन्द्र शाक्य र विष्णु श्रेष्ठको जोडीले चितवनका पुष्प श्रेष्ठ र राजु थापाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता लिएको चितवनले लगातार दुई सेट गुमाउँदा २–१ ले पराजित भएको थियो । पहिलो सेटमा चितवनले उत्कृष्ट जित हासिल गरेको थियो । दोस्रो र तेस्रो सेटमा बागलुङले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । विजयी समूहले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टोलीले नगद रु पाँच हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनले आयोजना गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन सङ्घ, चितवन र जिल्ला खेलकूद समिति रहेका थिए ।