१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ। विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेनजी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम, सहनशीलता र साहसको भावना जगाउने विश्वास व्यक्त गरियो ।

लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकल यात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धि यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।”

पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका १५० भन्दा बढी देशमा साइकल यात्रा गरी विश्व शान्तिको सन्देश फैलाउनु भएको थियो । उहाँले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’ को सन्देश पनि दिनुभएको थियो । रासस