२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताउनुभएको छ ।

नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उहाँको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गर्नुभयो । आम जनतालेसंविधानको लाभहरु भोग्न नपाएको उल्लेख गर्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो,‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउथ्यो त । जनताको सन्तुष्टिको मात्र त बढथ्यो त । यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरु आएनन् । के देखाउने हो र मान्छेहरु यसको लाभहरु भोग्न चाहन्छन । पाएन भने पाएनन भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो । जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरुले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।