९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्चको आदेशः दीर्घकालीन निर्णय नगर्नु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनैपनि नीतिगत वा कार्यकारी निर्णय नगर्न आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सुविधा र सन्तुलनको दृष्टिले यस्तो आदेश जारी गरेको हो। अदालतले मुख्यमन्त्री यादवलाई “मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्नु वा नगराउनू” भन्दै अन्तरिम आदेश दिएको हो।

यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम रहनेछ। मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साह लगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो

मधेश सरकार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठन गरिएको हो। गत आइतबार दलहरूबीच सहमति नहुँदा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा यादवलाई गोप्य रूपमा शपथ ग्रहण गराइएको थियो।

तर, होटलमै शपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पदमुक्त गरेका थिए।

भण्डारीलाई हटाएपछि नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णले बुधबार शपथ ग्रहण गरिसकेका छन् ।