२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्चको आदेशः दीर्घकालीन निर्णय नगर्नु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनैपनि नीतिगत वा कार्यकारी निर्णय नगर्न आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सुविधा र सन्तुलनको दृष्टिले यस्तो आदेश जारी गरेको हो। अदालतले मुख्यमन्त्री यादवलाई “मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्नु वा नगराउनू” भन्दै अन्तरिम आदेश दिएको हो।

यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम रहनेछ। मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साह लगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो

मधेश सरकार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठन गरिएको हो। गत आइतबार दलहरूबीच सहमति नहुँदा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा यादवलाई गोप्य रूपमा शपथ ग्रहण गराइएको थियो।

तर, होटलमै शपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पदमुक्त गरेका थिए।

भण्डारीलाई हटाएपछि नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णले बुधबार शपथ ग्रहण गरिसकेका छन् ।