१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता प्रेम चोपडा अस्पताल भर्ना



अ+ अ-

एजेन्सी। बलिउड अभिनेता प्रेम चोपडालाई शनिबार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार चिन्ताको कुनै कारण छैन।

उनका ज्वाईं विकास भल्लाले इण्डिया टुडे सँग कुरा गर्दै भनेका छन् कि प्रेम चोपडालाई केवल सतर्कताका लागि अस्पतालमा भर्ना गरिएको हो।

उनले भने, “यी सबै उमेरसँग सम्बन्धित स्वास्थ्य समस्या हुन्, र यो नियमित प्रक्रिया हो। चिन्ता गर्नुपर्ने कुनै कुरा छैन।”

भल्लाले यो पनि बताए कि अभिनेता केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनेछन्।

डाक्टरले स्वास्थ्यबारे जानकारी दिए
अभिनेता हृदयसम्बन्धी समस्या र भाइरल तथा फोक्सोको संक्रमणका कारण अस्पतालमा भर्ना भएका हुन्।

लीलावती अस्पतालका डाक्टर जलिल पारकरले बताएका छन् कि प्रेम चोपडालाई दुई दिनअघि उनका पारिवारिक कार्डियोलोजिस्ट डा. नितिन गोखलेको निगरानीमा भर्ना गरिएको थियो।

डा. पारकरका अनुसार, अभिनेता मुटुको समस्या र भाइरल संक्रमण दुबैबाट पीडित छन्। उनले स्पष्ट पारे कि प्रेम चोपडा आईसीयूमा छैनन् र उनको स्वास्थ्य अवस्था स्थिर छ। डा. पारकरले भने, “यी उमेरसँग सम्बन्धित स्वास्थ्य समस्या हुन्, त्यसैले निको हुन केही समय लागिरहेको छ। तर उनी ठिक छन्, र दुई–तीन दिनमा डिस्चार्ज गरिनेछ।”

प्रेम चोपडाको छ दशक लामो करियर
प्रेम चोपडा हिन्दी सिनेमाका सबैभन्दा चर्चित खलनायकमध्ये एक हुन्। उनले सन् १९६० को दशकमा शिमलाबाट बम्बे (हालको मुम्बई) आएर आफ्नो करियर सुरु गरेका थिए।

उनले वो कौन थी, तीसरी मंजिल, उपकारदो रास्ते जस्ता फिल्महरूबाट पहिचान पाए।

त्यसपछि उनले निशान, दोली, दोस्ताना, क्रान्ति, बेताब, एजेन्ट विनोद लगायत अनेकौं फिल्ममा स्मरणीय भूमिका निर्वाह गरेका छन्।