२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका सांसदहरू जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि धर्नामा बसेका छन्।

सोमबारदेखि सुरु भएको विरोधका क्रममा मंगलबार सांसदहरूलाई मधेश भवन प्रवेशमा कडाइ गरेपछि उनीहरू मुख्य गेट नजिकैको सडकमा लामबद्ध भएर धर्नामा बसेका हुन्।

मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन्।

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन वरपर अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सांसदहरू सडकमा धर्नामा बसेपछि सो क्षेत्रमा सवारी आवागमन समेत रोकिएको छ।

उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिलाई “संविधानको मर्म र प्रक्रिया विपरीत” भन्दै विरोध जनाएका छन्।

प्रदेश प्रमुखले आइतबार राति बर्दिवासस्थित एक होटलमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि मधेश प्रदेशमा राजनीतिक तनाव चुलिएको हो।

सोमबार नै विपक्षी दलका कार्यकर्ताहरूले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए। अहिले प्रदेशमा राजनीतिक गतिरोध कायमै छ र दलहरूबीच सरकार गठन प्रक्रियाबारे कडा मतभेद देखिएको छ।