४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ प्रविधिमा तरकारीखेती गर्न थालेका छन् । परम्परागत रूपमा खेती गर्दै आएका मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्रविधिमा तरकारीखेती गर्न सिकाएको हो । तरकारीखेतीमा संलग्न २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले बताउनुभयो ।

“प्राविधिकको व्यवस्था गरी मुक्तकमैया परिवारको आयस्तरमा सुधार ल्याउन आधुनिक तरिकाले तरकारीखेती गर्न सिकाएका छौँ”, उहाँले भन्नुभयो, “बीउविजन, रासायनिक मल, कीटनासक, ढुसीनासक विषादी अनुदानमा उपलब्ध गराएका छौँ ।”

यस प्रविधिबाट तरकारीखेती गर्न थालेपछि पहिलेको जस्तो रोग कीरा, झारपातको समस्याबाट मुक्ति पाइएको स्थानीय किसान स्वस्तिमा चौधरीले बताउनुभयो । “माटो चिस्यान राख्नका लागि यो प्रविधि सक्षम छ”, उहाँले भन्नुभयो, “अधिकांश तरकारीखेतीमा संलग्न परिवारले तीन वर्षदेखि खुर्सानी, गोलभेँडा र सिमला मिर्चखेतीका लागि मल्चिङ प्रविधिको प्रयोग गर्दै आएका छन् ।”

यस प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको उहाँको भनाइ छ । उहाँका अनुसार एकै किसानले विगतमा मुस्किलले सिजनमा रु ५० हजारदेखि ७० हजारसम्मको तरकारी बिक्री गर्दथे भने हाल यस प्रविधिको प्रयोग हुन थालेपछि रु दुई लाखदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्न थालेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्लाष्टिकको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारले यस प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढाउन सफल भएको उहाँको भनाइ छ ।

“यो प्रविधिले माटोको आद्र्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बालीको उत्पादन वृद्धि गर्ने उद्देश्य राख्छ”, उहाँले भन्नुभयो, “मल्चिङ प्लाष्टिकले माटोमा रहेका पानीको वाष्पीकरण हुन दिँदैन, जसले बालीलाई लामो समयसम्म आवश्यक नमी उपलब्ध गराउँछ । यसले सिँचाइको आवश्यकता घटाउँछ र पानीको सदुपयोग सुनिश्चित गर्छ ।”

उहाँका अनुसार सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन पाउँदैन, जसले श्रम र लागत दुवै घटाउँछ । यो प्रविधिले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने, माटोबाट सर्ने रोग र कीराको जोखिम घटाउने तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने कार्य पनि गर्छ ।

यस प्रविधि किसानका लागि निकै उपयोगी रहेको चर्चा गर्नुहुँदै उहाँले मल्चिङले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउँछ र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने बताउनुभयो । मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुई दिनअघि मात्र तरकारीखेतीमा संलग्न १६ जना मुक्तकमैयालाई मल्चिङमा प्रयोग हुने प्लाष्टिक पूर्ण अनुदानमा उपलब्ध गराइएको बताउनुभयो ।

वडाध्यक्ष बहादुरसिंह महरा थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकामा खुसी व्यक्त गर्नुहुन्छ । “पहिले अधिकांश मुक्तकमैया परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दथे”, उहाँले भन्नुभयो, “अहिले कोही आधुनिक तरिकाले तरकारीखेती गर्छन, कोही सीपमा आधारित कार्य गरेर आम्दानी गर्दै आएका छन्, वडाबाट पनि व्यावसायिक कार्य गर्ने मुक्तकमैया परिवारलाई प्रोत्साहित गर्दै आएका छौँ ।” रासस