१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एसईई परीक्षामा कोरोनाको त्रास, मिलाइए यस्ता व्यवस्थाहरु…

एसईई परीक्षामा कोरोनाको त्रास, मिलाइए यस्ता व्यवस्थाहरु…
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ ।

विद्यालयमै नर्सको सुविधा

ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन् । विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले विद्यार्थीलाई समस्या भएको अवस्थामा विद्यालय भित्रकै क्लिनिकमा उपचार गर्न सक्ने सुविधा रहेको जानकारी दिए।

एसईईलाई दृष्टिगत गरेर आफूहरूले तयारी सुरु गरेको जानकारी उनले दिए । विद्यार्थीले तीन घण्टा परीक्षा र झण्डै एक घण्टा परिसर वरपरमा बिताउने भएकाले भाइरसबाट सावधान हुनुपर्ने जरुरी भएको उनले बताए । विद्यालयमा चउर, शौचालय, पानीको धारा भर्याङ लगायतका धेरै प्रयोग हुने क्षेत्रमा विशेष सरसफाइ गरिएको र यसलाई दैनिक निरन्तरता दिइने प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यार्थी बिरामी भएको अवस्थामा परीक्षण गरी उनीहरूलाई अलग्गै कोठामा परीक्षा लिने प्रबन्ध मिलाइएको जानकारी उनले दिए ।

डेस्कबेन्चको समेत सरसफाइ

कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयले कोरोना भाइरसको सङ्क्रमणले विद्यार्थीमा परीक्षाको अवधिमा मनोबल घट्न नदिन सरसफाइ लगायत कार्य सुरु गरेको छ । परीक्षामा आएका विद्यार्थीलाई मास्क प्रयोग गर्न लगाउने, बिरामी भए अलग्गै कोठामा राख्ने र अभिभावकलाई परीक्षा केन्द्र वरपर अनावश्यक जमघट र भीडभाड नगर्न आह्वान गरिएको छ । विद्यार्थीले प्रयोग गर्ने डेस्क, बेन्च, कोठामा दैनिक विशेष सरसफाइ गरिने र परीक्षामा बस्ने शिक्षकलाई समेत यस विषयमा जानकारी गराइएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ जितबहादुर लामिछानेले विद्यार्थीले तीन घण्टा उत्तरपुस्तिकामा केन्द्रित भएर लेख्न सकून् र उनीहरूलाई कुनैखाले सङ्क्रमणको त्रास नहोस् भन्नेमा आफूहरू सचेत रहेको बताए।

घरबाटै पानी ल्याउन सुझाव

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रमा आउँदा घरबाटै पानी ल्याउन, एक अर्कामा धेरै नजिक नहुन, परीक्षामा आउँदा मास्कको अनिवार्य प्रयोग गर्न, साथीसित परीक्षा हलभित्र धेरै नजिक नहुन, शौचालय गएको अवस्थामा साबुनपानी प्रयोग गर्न सुझाव दिएको छ । विद्यार्थीलाई भाइरसको कुनै भय नहोस् भन्ने हिसाबले आफूहरू यसखाले तयारीमा जुटेको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिए। शिक्षकले कक्षामा मास्क लगाएर पढाउन निकै असजिलो हुनेगरे पनि परीक्षा अवधिमा भने शिक्षकले पनि मास्क प्रयोग गर्ने उनी बताउछन् ।

कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयले परीक्षामा आएका विद्यार्थीलाई भाइरसबाट कसरी सुरक्षित हुने भन्ने जानकारी समेत दिने भएको छ । यसअघि विद्यालयको कक्षा १ देखि ९ सम्मको परीक्षामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अभिभावकलाई जानकारीमूलक ब्रोसिएर उपलब्ध गराइएको विद्यालयले जनाएको छ । यसपटक अभिभावकको भीडभाड हुन नदिने, विद्यार्थीलाई भीडभाड नगराइकन परीक्षा हलमा प्रवेश गराउने, विद्यार्थीमा ज्वरो आए नआएको तथा मास्क प्रयोग गरे नगरेको बारेमा सरोकारवाला निकायको सहयोग लिएर परीक्षा सञ्चालन गर्ने योजनामा आफूहरू रहेको प्रधानाध्यापक लोकलाल महर्जनले जानकारी दिए ।

अलग्गै हेल्थ डेस्क

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले एसईई परीक्षा मर्यादित र भाइरसको सङ्क्रमणबाट समेत सुरक्षित बनाउनुपर्ने चुनौती आएको छ । त्यसमा आवश्यक काम भइरहेको जानकारी दिए। स्थानीय तथा प्रदेश सरकारसित समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीको सहयोगले विद्यार्थीको तापक्रम परीक्षण गरेर मात्रै परीक्षामा राख्ने प्रवन्ध मिलाउनुपर्ने कुरा बताए। परीक्षा केन्द्रले यसको सम्पूर्ण व्यवस्था मिलाउने उनको भनाइ छ । एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यसपटक सबै प्रदेशमा गरेर एक हजार ९९४ वटा परीक्षा केन्द्र तय गरिएको छ । गोरखापात्र दैनिक