४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

कोरोनाको त्रास: टोकियो ओलम्पिक अन्योलमा

कोरोनाको त्रास: टोकियो ओलम्पिक अन्योलमा
अ+ अ-

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पनि अन्योलमा परेको छ। जापानले भने समयमै ओलम्पिक आयोजना गर्ने दाबी गरेको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले समयमै ओलम्पिक गर्न जापान तयार रहेको बताएका छन्। ‘कोरोना भाइरसका कारण ओलम्पिक सारिनु पर्ने कारण छैन। कोरोनाको संक्रमणबाट जोगिने विषयमा हामी सचेत छौं,’ आबेले भनेका छन्। आबेले ओलम्पिक खेलकुदको अन्तिम टुंगो भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले लगाउने पनि बताए।

कोरोना भाइरसको कारण हाल विश्वभर खेलकुद प्रतियोगिता प्रभावित भएको छ। अन्तर्राष्ट्रिय ठूला खेलकुद प्रतियोगिताहरू धमाधम रोकिएका छन्। ओलम्पिक आयोजनाका लागि जापानले ठूलो धनराशि खर्च गरिसकेको र तयारी झन्डै अन्तिम चरणमा पुगेकाले प्रधानमन्त्री आबेको यस्तो धारणा आएको हो। जापानले ओलम्पिकका लागि १.३५ ट्रिलियन जापानी येन खर्च गरिसकेको छ। टोकियो ओलम्पिक समयमै आयोजना गर्ने कि नगर्ने भन्ने विषयमा आईओसीले भने निर्णय गरिसकेको छैन। जापानी प्रधानमन्त्रीले ओलम्पिक हुने दाबी गरिरहँदा आईओसीका सदस्य डिक पाउन्डले भने यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्।

उनले स्वास्थलाई ख्यालगरी आईओसी यसमा सचेत हुनुपर्ने पनि बताए। ओलम्पिकलाई लक्षित गरी गरिएको तयारीलाई कतिपय देशले भने स्थगित गरिसकेका छन्। यसअघि ग्रिसबाट मार्च १३ गते सुरु गर्न लागिएको ओलम्पिक टर्च र्‍याली कोरोनाकै कारण स्थगित गरिएको थियो। जापानले ओलम्पिक टर्च र्‍यालीको कार्यक्रमसमेत मार्च २६ का लागि तय गरेको छ। टोकियोका गभर्नर युरिको कोइकेले टर्च र्‍याली जापानभित्रै गरिने बताए। अमेरिकाले ओलम्पिक खेलको तयारी यसअघि नै रोकिसकेको छ। टोकियो ओलम्पिकमा ३३ वटा खेल समावेश गर्ने निर्णय भइसकेको छ। जसका लागि दुई सय ६ देशका ११ हजार ९१ खेलाडीको सहभागिता रहने बताइएको छ।

नेपालका १५ खेलाडी सिफारिस

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकमा नेपालबाट नौ खेलमा १५ जना खेलाडीलाई वाइल्ड कार्डका लागि प्रस्ताव गरेको छ। वाइल्ड कार्डमार्फत दुई खेलमा तीन जना खेलाडीको सहभागिता भने पक्का भइसकेको छ। यसपटक पौडीमा दुई जना र एथलेटिक्समा एक जनाको सहभागिता पक्का भएको हो। पौडीको महिलामा गौरिका सिंह र पुरुषमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन्। एथलेटिक्समा यसपटक म्याराथनमा सहभागिता जनाउने एनओसीको तयारी छ। त्यसबाहेक वाइल्ड कार्डका लागि आईओसीमा कराँते, आर्चरी, तेक्वान्दो, सुटिङ, भारोत्तोलन, पौडी र जुडोका १२ जना खेलाडीको नाम पठाइएको एनओसीले जनाएको छ।

ओलम्पिक छनोटका लागि नेपालका दुई जना बक्सिङ खेलाडीले हालै जोर्डनमा भएको एसिया/ओसियाना क्षेत्रको छनोट खेलमा भाग लिएका थिए। पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मीनु गुरुङले भाग लिए पनि छनोट हुन सकेनन्। यी दुवै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। अन्नपुर्णपोष्ट दैनिक