२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अच्युत सिग्देलको गीति एल्वम ‘आबृत्ति’ यू ट्युवमा सार्बजनिक



अ+ अ-

गीतकार अच्युत सिग्देलद्वारा गीति एल्वम ‘आबृत्ति’ यू ट्युवमा सार्बजनिक भएको छ । माया प्रेम, विछोड, नृत्य, जस्ता फरक फरक बिधामा लेखिएका आठवाट गीत समावेश गरिएको गीति एल्वम आबृत्ति क़रीब ३८ मिनेटको छ । न्युयोर्क निवासी कवि तथा लेखक सिग्देलका छ वटा गीतहरुमा नारायण सुवेदी ‘आभाष’ले संगीत भरेका छन । मेलीना राईले ‘छोडिजाने मायालू’, शिव परियारले ‘मेरोमाया अर्कै थियो’, निकिता थापाले ‘अँगालोमा वेर्नु मलाई’, जुनु रिजालले ‘पुतली झै’, सुरज कुमारथापाले ‘मस्ती मस्ती’ र नारायण सुवेदीले ‘यो जीवनमा’ स्वर भरेका छन् ।

लोक आधुनिक र नेपाली बाटो माटो र खोला झरनाको परिवेश बोकेका गीतहरू कर्णप्रिय छन् ।
दुई अतिरिक्त गीतमा चर्चित गायक सँगीतकार हरी लम्सालको सँगीत रहेको छ । ‘सातौ फेरा नपुरेर’ मा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने ‘टोलाएर हेरिरहेँ ओझेल पर्दासम्म’ भन्ने गीत हरि लम्सालले गाएका छन् ।

यू ट्युवको विश्ववजार र हात हातसम्म पहुँच भएकाले गीत रिलिजमा यू ट्युव रोजिएको कुरा गीतकार सिग्देलले बताए । नारायण सुवेदीको यो जीवन, म्यूज़िक नेपाल मार्फत बजारमा आइसकेको छ । रामकृष्ण ढकालको सातौ फेरा भिडियो निर्माणको तयारीमा रहेको छ ।