२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा समाहित हुँदै श्रेष्ठले भने–‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य नेकपा (एमाले)सँग मात्र रहेको बताउनुभएको छ ।

सोमवार नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेबो भएपनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गर्नुभयो ।

उहाँले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले नेकपा (एमाले)बाट अलग भएर अर्को बाटो रोज्यौं । त्यो निर्णय त्यो बेलाको परिधिमा ठिक आगेपनि पछिल्लो समय त्यो निर्णय ठिक थिएन भन्ने निष्कर्षमा पुगेका छौं । एमाले छोडेपछि हामीले बुझ्यौं यो पार्टी एउटा संगठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मुल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयत र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको समर्पण आजपनि लाखौं युवाका लागि प्रेरणा बनेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज लाखौं युवाका लागि प्रेरणा बनेको उहाँको जिकिर छ ।