२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता



अ+ अ-

काठमाडौं। मधेस प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले संयुक्त रूपमा आज रिट दायर गरेका हुन्।

उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २५ गते मिति तोकेको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।