९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङले बनाउने पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।

आइतबार राति बसेको बैठकले यसअघि तय भएको ‘नेपाल जनसेवा पार्टी’ नाम परिवर्तन गरी उज्यालो नेपाल नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।

बैठकका अनुसार पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहनेछ। तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अन्य सदस्यसमेत रहने गरी आयोगमा दर्ता प्रक्रिया अघि बढाइने भएको छ।

घिसिङ निकट एक नेताका अनुसार हाललाई कुनै पदाधिकारी तोकिएको छैन। “अहिले संयोजकको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने तयारी छ,” उनले भने, “सुमना जी लगायतका अन्य पदाधिकारीहरू दोस्रो चरणमा जोडिनेछन्।”

उनका अनुसार अहिले माइन्यूटिङ र हस्ताक्षरको काम भइरहेको छ। “संभव भएसम्म आज साँझ ४ बजेसम्म टुंग्याएर दर्ता गर्ने प्रयास हुनेछ, नभए भोलि आयोगमा जानेछौँ,” उनले बताए।

पार्टीको प्रारम्भिक केन्द्रीय कमिटीका सदस्यहरूको नाम टुंग्याउने छलफल जारी रहेको स्रोतले जनाएको छ।