१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कोरोनाबाट चिकित्सकहरु नै आतंकित, अस्पतालबाटै हराए ७ सय चिकित्सक

कोरोनाबाट चिकित्सकहरु नै आतंकित, अस्पतालबाटै हराए ७ सय चिकित्सक
अ अ+ अ-

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ। उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा कारवाही हुने जनाइएको छ। मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि चिकित्सक विभागले लापरवाही गरेको भन्दै त्यहाँको सरकारले आपत्ति जनाएको छ।

समाचारमा जनाइएअनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चिकित्सकले जानकारीबिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्यूटीमा रहेका चिकित्सकमाथि निगरानी गर्दा युपीका धेरै जिल्लाका स्वास्थ्य केन्द्रमा करिब ७ सय चिकित्सक ड्युटी बाहिर रहेको पुष्टि भएको हो। निर्देशनालयले जानकारीबारे सोधीखोजी गर्दा उनीहरु जानकारी बिना नै अस्पताल छोडेको पाइएको हो। सरकारले त्यस्ता चिकित्सकको बर्खास्त प्रक्रिया सुरू गरेको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चिकित्सकलाई अर्को एक महिनाभित्र बर्खास्त गरिनेछ। प्राप्त जानकारी अनुसार चिकित्सकले या त अन्य ठाउँमा काम गर्न थालेका छन् वा उनीहरू कोरोनाको त्रासमा काम गर्न नसकेको हो। स्वास्थ्य मन्त्री जयप्रताप सिंहले भने अब यी हराइरहेका डाक्टरविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेका छन्। अन्न्पुर्णपोष्ट दैनिक (३)