२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं। हालै एकीकृत भएका वाम घटकहरुले गठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज औपचारिक रूपमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वाम घटकहरूको एकता घोषणा पछिको औपचारिक कदमस्वरूप नेताहरू आवश्यक कागजातसहित आयोग पुगेका हुन्।

दल दर्ताका लागि आयोग पुगेका नेताहरूमा वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका शीर्ष नेता समावेश छन्।

यसअघि गत २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिएको थियो। आज नेताहरूले सो निवेदनसँगै आवश्यक कागजात पेश गर्दै औपचारिक प्रक्रिया पूरा गरेका हुन्।

पार्टी एकता घोषणापछि ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राखिएको नयाँ दलले अब आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि आफ्नो राजनीतिक गतिविधि औपचारिक रूपमा सुरू गर्ने तयारी गरेको छ।