२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं। हालै एकीकृत भएका वाम घटकहरुले गठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज औपचारिक रूपमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वाम घटकहरूको एकता घोषणा पछिको औपचारिक कदमस्वरूप नेताहरू आवश्यक कागजातसहित आयोग पुगेका हुन्।

दल दर्ताका लागि आयोग पुगेका नेताहरूमा वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका शीर्ष नेता समावेश छन्।

यसअघि गत २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिएको थियो। आज नेताहरूले सो निवेदनसँगै आवश्यक कागजात पेश गर्दै औपचारिक प्रक्रिया पूरा गरेका हुन्।

पार्टी एकता घोषणापछि ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राखिएको नयाँ दलले अब आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि आफ्नो राजनीतिक गतिविधि औपचारिक रूपमा सुरू गर्ने तयारी गरेको छ।