५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

दरबारमार्ग लिज प्रकरणमा पूर्वसहसचिव कार्कीमाथि थप ८ दिनको म्याद

दरबारमार्ग लिज प्रकरणमा पूर्वसहसचिव कार्कीमाथि थप ८ दिनको म्याद
अ+ अ-

काठमाडौं। नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि थप ८ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको हो।

नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने–लिने सम्झौतामा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ।

चितवनको साविक श्रीपुर–२ (हाल भरतपुर महानगरपालिका–१५) निवासी ६६ वर्षिय कार्की शनिबार पक्राउ परेका थिए। सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान भइसकेको सिआईबी स्रोतले जनाएको छ।

सीआईबीका अनुसार दरबारमार्गको कित्ता नं. ४६०६ मात्र नभई थप कित्ता नं. ४६०५ समेत ट्रष्ट सञ्चालक समितिको निर्णय र कानुनी आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको पाइएको छ।

नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ साल जेठ १४ गते उक्त करार सम्झौता भएको सीआईबीको दाबी छ।