२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्ग लिज प्रकरणमा पूर्वसहसचिव कार्कीमाथि थप ८ दिनको म्याद



अ+ अ-

काठमाडौं। नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि थप ८ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको हो।

नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने–लिने सम्झौतामा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ।

चितवनको साविक श्रीपुर–२ (हाल भरतपुर महानगरपालिका–१५) निवासी ६६ वर्षिय कार्की शनिबार पक्राउ परेका थिए। सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान भइसकेको सिआईबी स्रोतले जनाएको छ।

सीआईबीका अनुसार दरबारमार्गको कित्ता नं. ४६०६ मात्र नभई थप कित्ता नं. ४६०५ समेत ट्रष्ट सञ्चालक समितिको निर्णय र कानुनी आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको पाइएको छ।

नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ साल जेठ १४ गते उक्त करार सम्झौता भएको सीआईबीको दाबी छ।