५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयोः ओली

जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयोः ओली
अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउएका छन्।

राष्ट्रिय युवा संघ नेपालको तोस्रो पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको बताए। यो परिस्थितिलाई लामो समय जान दिनु नहुने बताउँदै उनले त्यसको जिम्मेवारी युवाको काँधमा भएको स्पष्ट पारे।

ओलीले भदौ २३ र २४ को घटना आकस्मिक घटना नभएको बताए। व्यक्तिका घरमा चिन्ह लगाई लगाई आक्रमण गरिएकोले त्यो पूर्वनिर्धारित हिंसाको योजना भएको उनको धारणा छ।

अहिले सिङ्गो देश आतङ्कको अवस्थामा रहेको ओलीले बताए। सबैलाई अनेक खालका धम्की दिने काम गरिएको ओलीले बताउनुभयो। ‘तिनलाई मन नपर्ने कुरा कुनै लेख, टिप्पणी, समाचार दियो भने धम्की आउँछ’, उनले भने।

अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए। त्यो जिम्मेवारी नेकपा एमालेका युवाले पुरा गर्नुपर्ने ओलीले बताए। ‘ म सिङ्गो देशले सुन्ने गरी भन्न चाहन्छु–अब कोही पनि देशमा नडराउनुस्, यो देशमा नेकपा एमाले छ, देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन, कसैका पसलहरू, डिपार्टमेन्ट स्टोरहरू लुट्न दिइने छैन’, उनले भने।

अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको ओलीले बताए। अपराधामा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उनको भनाइ छ।

युवा शान्त हुनु पर्ने बताउँदै ओलीले तर अन्यायका विरुद्ध भने युवा उठ्नु पर्ने बताए। अहिले लोकतन्त्र र संविधानको रक्षका निमित्त युवा उठ्नु पर्ने बेला आएको ओलीको भनाइ छ।

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको बताए। ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, यस्तो तमासा भएको छ’, उनले भने।

यस्ता कार्यका विरुद्ध सडकमा उत्रिनु पर्ने ओलीले बताउनुभयो । एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जोन उहाँले स्पष्ट पारे। एमालेले अब प्रशासनसँग अनुमति लिएर आन्दोलन नगर्ने उनले चेतावनी दिए। ‘तपाईँहरूको विरोध गर्न अब तपाईँहरूसँग अनुमति माग्न आउँदैनौँ’ ओलीले भने।

आगो लगाउने र लुटपाट गर्नेलाई छाड्ने प्रशासनले एमालेको शान्तिपूर्ण प्रदर्शनलाई रोक लगाउने र स्थानहद तोक्ने काम गरेको भन्दै उनले आपत्ति जनाए । शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने ओलीले दाबी गरे। लोकतन्त्र फर्काइ छाड्ने प्रतिवद्धताका साथ एमाले सडकमा उत्रिने ओलीले बताए।