२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा बेपत्ता भारतीय बाबु–छोरीको शव फेला



अ+ अ-

मनाङ । ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला परेको छ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। उनीहरू बाबु–छोरी हुन्।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न गएका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

उनीहरू सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई जानकारी दिएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नपाइएकोले २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिराबहादुर जिसीको नेतृत्वमा थप उद्धार टोली खटाइएको थियो।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव उद्धार र पहिचानका काम अघि बढाइएको छ।