१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘जफत मास्क बाँडिदिनू’

‘जफत मास्क बाँडिदिनू’
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) बाट जोगिन मास्क प्रयोग अनिवार्य बनेको छ । कतिपय व्यापारीले भने बजारमा यसको कृत्रिम अभाव सिर्जना गराएका छन् । त्यसपछि प्रहरीले छापा मार्दा गोदाममा ठूलो परिमाणमा मास्क लुकाएको भेटियो । त्यस क्रममा जफत गरिएका मास्क के गर्ने त ? प्रहरीलाई तनाव भयो । एकातिर बजारमा चरम अभाव, अर्कातिर बरामद सामान बिग्रिने डर । प्रहरीको स्टोरमा थन्किँदा पनि सर्वसाधारण प्रयोग गर्नबाट वञ्चित हुने चिन्ता । अदालतमा दशीका रूपमा पेस गरौं भने पनि प्रयोग गर्ने म्यादै गुज्रिने । अब भने प्रहरी यस्तो तनावबाट मुक्त भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले समस्याको गाँठो फुकाइदिएका छन् ।

जफत गरिएएको मास्क महानगरी प्रहरी परिसर काडमाडौं टेकुमा सोमबार सञ्चारकर्मीलाई देखाउँदै प्रहरी । तस्बिर : रासस

उनले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीलाई मास्क नबिग्रिँदै बाँडिदिन निर्देशन दिएका हुन् । त्यसको मूल्य, नमुनासहितको अभिलेख र फोटोसहितको डिजिटल प्रमाण अनुसन्धान मिसिलमा भने राख्नुपर्नेछ । महान्यायाधिवक्ताले आईजीपीसहितका प्रहरी अधिकृतलाई लिखित रूपमै तीनबुँदे निर्देशन दिएका छन् । उनले सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखेर मास्क वितरण गर्न भनेका छन् । वितरणपूर्व मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्ने सर्त छ ।

‘बरामद मास्कहरूको हालको बजार मूल्यअनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई’, महान्यायाधिवक्ताको निर्देशन नम्बर २ मा छ, ‘सो रकम प्रहरीको धरौटी खातामा राखी उक्त मास्कहरू सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब बिक्रीवितरण गर्ने व्यवस्था मिलाउने ।’ महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले दोषीमाथि अभियोगपत्र दायर हुँदा प्रहरीको धरौटी खातामा जम्मा भएको रकम जफत हुने गरी मुद्दा दर्ता गर्ने विकल्पसमेत सुझाइएको बताए । बजारमा मास्क अभाव देखाउन कालोबजारी र जम्माखोरी भएको छापा मार्ने क्रममा भेटिएको थियो ।

बढी मूल्यमा बिक्री गरी कालोबजारी भएको भेटिएपछि मास्क कब्जामा लिइएको हो । रेग्मीका अनुसार अपराध अनुसन्धानका क्रममा फौजदारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार प्रहरी महानिरीक्षकलाई निर्देशन दिइएको हो । उक्त दफामा अनुसन्धानको सन्दर्भमा महान्यायाधिवक्ताले आवश्यक निर्देशन दिन सक्ने व्यवस्था छ । त्यसअनुसार सरकारबाट दायर हुने कुनै फौजदारी मुद्दामा भइरहेको अनुसन्धानबारे महान्यायाधिवक्ताले आवश्यक जानकारी लिन सक्छ ।

सरकारवादी हुने कुनै कसुरको अनुसन्धान अपर्याप्त भएको, विधि, प्रक्रिया या तरिका नमिले पनि महान्यायाधिवक्ताले निर्देशन दिने व्यवस्था छ । संहिताको व्यवस्थाअनुसार महान्यायाधिवक्ताको निर्देशन पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तव्य हुने भनिएको छ ।

ज्वरो नाप्दै इजलासमा पठाउँदै

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गेटमै ज्वरो नाप्न सुरु गरेको छ । सेवाग्राही र सरोकारवालाको ज्वरो नापेपछि मात्र इजलासमा पठाइनेछ । सोमबारदेखि नै ज्वरो भए÷नभएको हेरेर भित्र पठाउन थालिएको हो । सुरक्षाकर्मीले गन फर फिभर (फोरहेड थर्मोमिटर) को माध्यमले ज्वरो हेरेर मात्र भित्र प्रवेश गराउँछन् ।

सर्वोच्च प्रशासनले जनाएअनुसार सेवाग्राहीको ज्वरो नाप्न उच्च अदालत पाटन, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालतमा पनि फोरहेड थर्मोमिटर आपूर्ति गरिएको छ । ज्वरो हेर्दा १ सय २ डिग्रीभन्दा बढी तापक्रम देखिए बाहिरै निगरानीमा राखेर अस्पताल जान सुझाइने भएको छ । सोमबार भने ज्वरो र खोकीका बिरामी भेटिएनन् । अन्नपुर्णपोष्ट दैनिक