१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता दिने

सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता दिने
अ अ+ अ-

सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ । त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ । संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आइसियू बेड थपिने समितिले जनाएको छ । त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आइसियू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।

उपचारमा कम्तीमा नौ सय ३६ स्वास्थ्यकर्मी खटाइने

कोरोना भाइरस संक्रमणको उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा गठित कोभिड– १९ द्रुत सम्भाव्यता अध्ययन कार्यदलले सोमबार २० वटा आइसियू बेड सञ्चालनका लागि एक सय ५६ स्वास्थ्यकर्मी आवश्यक हुने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ । ४० बेड आइसियू सञ्चालन हुने अस्पतालमा तीन सय १२ स्वास्थ्यकर्मी खटिनेछन् । कार्यदलको प्रस्तावअनुसार मन्त्रालयले स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ ।

आइसियू व्यवस्थापनका लागि आवश्यक पर्ने ५१ प्रकारका उपकरण खरिदका लागि सूचीसहितको प्रस्ताव कार्यदलले मन्त्रालयमा पेस गरेको छ । २० बेड आइसियू भएका अस्पतालमा चारजना एनेस्थेसिया विशेषज्ञ, चार क्रिटिकल केयर र इन्टरनल मेडिसिन विशेषज्ञ, १६ मेडिकल अफिसर, आठ नर्सिङ अफिसर, एक सय स्टाफ नर्स, १० प्रशासनिक कर्मचारी र १५ जना कार्यालय सहयोगी खटाइनेछन् । ४० बेड आइसियू सञ्चालन गरेको अवस्थामा त्यही अनुपातमा स्वास्थ्यकर्मी खटाइनेछन् । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा आइसियू निर्माणका लागि अर्थ मन्त्रालयसमक्ष बजेट प्रस्ताव गरेको छ । स्रोतका अनुसार टेकु अस्पतालले ४० बेड आइसियू सञ्चालन गर्ने भएकाले सबै व्यवस्थापनका लागि २३ करोड ५० लाख प्रस्ताव गरिएको छ ।

अन्य चार अस्पताललाई १२ करोड ५० लाखका दरले दिने प्रस्ताव गरिएको छ । टेकु अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाका अनुसार विषम परिस्थितिसँग जुध्न खटिएका करारका स्वास्थ्यकर्मीलाई तलब स्केलको ७५ प्रतिशत भत्ताको समेत व्यवस्था गरिएको छ । तर, स्थायी रूपमा काम गरिरहेका ल्याब, रेडियोलोजी, नर्सिङ जनशक्तिलाई भने २५ प्रतिशत भत्ता दिइनेछ । उनीहरूले सम्बन्धित अस्पतालबाट नियमित भत्ता पाउँदै आएका छन् । नयाँ पत्रिका दैनिक