२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीमा पुगे दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्न सहयोग गर्ने घोषणा



अ+ अ-

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने घोषणा गरेका छन्।

बस्ती खाली गर्न महानगरले दिएको एक साताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सबैलाई साथ दिन आह्वान गरे।

प्रसाईंले सुकुम्बासीहरूलाई लछारपछार गर्नेहरूको घरपरिवारलाई पनि त्यस्तै गर्ने चेतावनी दिए। उनका अनुसार, “अब दल र बालेन दुबैलाई ठेगान लगाउने समय आएको छ।”

त्यसक्रममा उनले मेयर बालेन शाह र भिक्टर पौडेलमाथि बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको आरोपसमेत लगाए।

राजनीतिक दलहरूले सुकुम्बासी समुदायलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै प्रसाईंले भने, “म भोट माग्दिनँ, सबैलाई पक्की घर दिलाउन सहयोग गर्छु।”

महानगरको अल्टिमेटम सकिनु पूर्व प्रसाईं सुकुम्बासीको पक्षमा उभिएका कारण उनको यो कदम मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।