४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

युरोकप स्थगित गर्न इटलीको प्रस्ताव

युरोकप स्थगित गर्न इटलीको प्रस्ताव
अ+ अ-

इटलीले यसै वर्षको जुन–जुलाईका लागि निर्धारित युरोकप २०२० स्थगित गर्न प्रस्ताव गरेको छ । विश्वभर कोरोना भाइरसको स्क्रमण फैलिरहेको भन्दै इटालियन फुटबल फेडेरेसनले यस्तो प्रस्तावअघि सारेको हो । इटलीको घरेलु लिग सिरी ए पूरा गर्न पनि युरो स्थगित गर्न इटलीले युइएफएसँग आग्रह गरेको हो । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ । कोरोनाकै कारण सिरी ए अप्रिल ३ सम्मको लागि स्थगित भइसकेको छ । फेडेरेसनका अध्यक्ष ग्रेबियल ग्राविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफूले सो प्रस्ताव लैजाने बताएका छन् । ‘हामी युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादैछौँ,’ ग्राविनाले भनेका छन् ।

गत मंगलबारदेखि सिरी ए फुटबल स्थगित छ । कोरोनाका कारण युरोपमा इटली सबैभन्दा धेरै प्रभावित बनेको छ । ग्राविनाले क्लबहरूले ठूलो लगानी गरेको र त्याग गरेकाले सिरी ए को अन्त्सम्म पुग्न प्रयास गर्ने बताएका छन् । ‘हामी सिरि एको अन्तिमसम्म पुग्न प्रयास गर्नेछौँ,’ उनले भने । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले कोरोनाको बढ्दो संक्रमणलाई केन्द्रमा राख्दै मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गर्दै छ । जसमा युरोलगायत अन्य प्रतियोगिताको बारेमा पनि छलफल हुँदै छ । इटालीको फुटबल महासंघले यसअघि सिरिएको सिजन पूरा हुन नसक्ने हो कि भन्दै त्यसको विकल्पमा प्लेअफ खेलहरू खेलाउने जनाएको थियो ।

तर, ग्राविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आसा व्यक्त गर्न थालेका छन् । तर, उनले यो समय लम्बिन सक्ने भन्दै खेलाडीलाई तत्काल प्रशिक्षण नगर्न भनेका छन् । उता, स्पानिस शीर्ष श्रेणीको फुटबल ला लिगा सक्नेमा ला लिगाका अध्यक्ष हाभियर तेबास विश्वस्त भएका छन् । स्पेनमा बिहीबारदेखि लिग स्थगित भएको छ । तेबासले अन्य देशको लिगसँग मितिका लागि छलफल गरिरहेको र लिग अन्त्य गर्नेमा विश्वस्त रहेको बताएका छन् ।