१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कोरोनाको कहर: उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

कोरोनाको कहर: उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
अ अ+ अ-

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको छ ।

प्रदेशमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आवश्यकताका आधारमा १ सय १५ वटा आईसीयू बेड निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । सरकारको सो निर्णयअनुसार उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०/२० वटा आईसीयू बेड बनाइने निर्णय गरिएको हो । बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेसन बेड बनाउने निर्णय गरेको सचिव बिडारीले जानकारी दिए । यस्तै, सातै प्रदेश सरकारलाई आवश्यकताका आधारमा आइसोलेसन बेड व्यवस्था गर्न बैठकले निर्देशन दिएको छ ।

केन्द्रमा कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २ सय, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २ सय २०, टेकु अस्पतालमा १ सय, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००/१०० आइसोलेसन बेड बनाइनेछ । यस्तै, भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुमबासी आवासमा २ सय ८० वटा आइसोलेसन बेड बनाइने निर्णय गरिएको जनाइएको छ । बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको छ ।

बैठकले २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट), १० हजार डाइग्नोस्टिक कीट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय गरेको सचिव बिडारीले जानकारी दिए । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरूको पनि स्क्यान गर्ने निर्णय भएको छ । भारतसँगको सीमा नाकामा कडाइ गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

समन्वय समितिको बैठकले कोरोनालाई कडा रोगको सूचीमा राख्ने निर्णय गरेको छ । सो रोगको नियन्त्रणमा खटिएका कुनै राष्ट्रसेवक कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । राजधानी दैनिक