१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं– महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घर भत्काउन जानुस्



अ+ अ-

काठमाडौँ । । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सुकुम्बासी बस्ती भत्काउने काठमाडौं महानगरपालिकाका
मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् ।

आइतबार मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईंले मेयर शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् ।

उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए ।

सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साउदै उनले भने, , ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।’

यस्तै, उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए । बालेनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम गरेको भन्दै उनले भने, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, स्टाटस लेख्नुहन्छ, फेरि डिलिट गर्नुहुन्छ । अहिले तपाईं केही गर्न नसकेर गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

उनले सुकुम्बासीहरुलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिँदै मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे। उनले भने,‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस् । ’

बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको तयारी छ ।