२४ असार २०८३, बुधबार
,
Latest
सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायले काठमाडौंमा पनि मनाए समाचकेवा पर्व



अ+ अ-

काठमाडौं । थारु समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व मनाएका छन् ।

शनिवार काठमाडौं प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सो पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह चौधरीले सो पर्वको मौलिक परम्पराबारे चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ ।

मध्य तराईको थारु समुदायले भाईटीका अर्थात गोवद्र्धनपूजाको भोलिपल्टबाट कात्तिक पूर्णिमासम्म १५ दिन यो पर्व मनाउने गर्दछन् । यस पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन् ।

जानकारकाअनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झुठो कुरा सेविका डिहुलीले भगवान कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ । भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन शुरु गरिएको भनाई छ ।