काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्।
मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरे। राजीनाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने उनको भनाई छ ।
आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।
लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेका उनले ३० गते शपथ लिएका थिए।
उनलाई समर्थन गरेको जनमत पार्टी विभाजन भएपछि विश्वासको मत नपाउने निश्चित भएसँगै पदबाट राजीनामा दिएका हुन्।










