काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरुलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरु हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वर्षांैदेखि अडकिएर बसेका उद्योगहरुको फाईल आफूले अघि बढाउनका लागि सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई सहज ढंगले अघि बढाउन अन्तर मन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने बताउनु भयो । मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भुमिका खेल्न नहुने कुरामा पनि आफू स्पष्ट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धेरै कुराहरु बुझने मौका पाईसकिएको छ । त्यसलाई अव प्राथमिकताका आधारमा कसरी अघि बढाउने ? यी कुराहरुलाई हामी इन्डिकेट गरेर त्यसमा कहाँनिर कानूनी अवरोधहरु आईरहेका छन ? कुन कुराले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाई दिन्छ, त्यस्ता कुराहरुको प्राथमिकतालाई पहिचान गरेर अव अगाडि बढने भन्ने मेरो सोच रहेको छ । अन्तर मन्त्रालयबीच पनि सहजीकरण गरेर अघि बढनुपर्ने अवस्था छ । अहिले कतिपय उद्योगहरुले दिनु भएको प्रस्तावहरु कतिपय मन्त्रालयमा अडिएर बसेको र मैले वर्षौं अडिएर बसेको भन्ने पनि पत्ता लगाइएको छ । मैले आफ्नो मातहतका मन्त्रालयहरुमा पहिलो प्राथमिकता मैले सचिवहरुलाई अनुरोध गरेको छु भने आगामी पुस्तालाई हेरेर सम्पूर्ण कर्मचारीहरुले अव सरकारलाई राम्रोसँग चलाई दिन्छु भन्ने कुरालाई हृदयंगम गरेर तपाईहरुले अहिलेसम्म अडकिएर बसेका कामहरुलाई सबैभन्दा पहिले फस्र्यौट गरिदिनुस् । होइन भने हामी अगाडि बढ्न खोज्छौं । त्यसले पछाडि डोरी बस्ने बनेर बाँधेर राखिदिन्छ । हातखुट्टा बाधेर अर्थतन्त्र चलायमान हुन सक्दैन । हामीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्णय प्रक्रियालाई अगाडि बढाउनु प¥यो । नियन्त्रित गर्ने कुराहरु छन भने त्यसलाई नियन्त्रण गर्दै जानु प¥यो ।’
मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताउनु भयो ।









