१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरीः मुख्यसचिव अर्याल



अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने बताउनु भयो । उहाँले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गद लैजानुपर्ने बताउनु भयो । उहाँले युवाको आकंक्षा र राज्यको क्षमताबीचमा ठूलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताउनु भयो । शासन र सेवाप्रति अपेक्षा बदलिएकाले अब विगतमा गर्न नसकिएका कुराहरु गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यहाँहरुले ढुक्क भएर काम गर्नुहोला । जेन जी आन्दोलनको सन्देश युवाको आकंक्षा र राज्यको क्षमताबीचमा अन्तर छ । यो कुरा बताउनुपर्छ । अनावश्यक यसो र उसो गर्छौं किन्न भन्नु, क्षमता छैन । हाम्रो क्षमता के हो त्यो बताउनुपर्छ । युवाहरुको आकंक्षा बढी भयो, सिंगापुर बनाउने कुरा भयो । सिंगापुर कसरी बन्यो भन्नेकुरा स्टार्ट गर्नुपर्छ । युवाको आकंक्षा र क्षमताबीचको अन्तरमा ठूलो ग्याप छ । परिवर्तन प्रत्येक दिन गरिरहनुपर्छ । युवाहरुले दिएको सन्देशलाई मनन गर्नुपर्छ । शासन र सेवाप्रति अपेक्षा बदलिएको छ । हामीले हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ । नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ । रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्छ । यसभित्र रहेर नीति निर्माण गर्नुपर्छ । आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गर्दै जानुपर्छ । शान्ति सुरक्षा विस्तारै लयमा आइरहेको छ । विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइन्छ । युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्छ ।’

मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने बताउनु भयो । तीन तहको  सरकारबीच समन्वय हनु नसक्दा पनि विभिन्न समस्याहरु आइरहेको जिकिर गर्नुभयो । कति वटा सरकारसँग निजी क्षेत्रले डिल गर्ने भन्नेकुराको पहिचान हुन नसकेको बताउनु भयो । भिन्न भिन्न ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताउनु भयो ।