२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री – पूर्णपाठ



photo: rss
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले ‘सुशासन कुनैपनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको उल्लेख गर्नुभयो । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग रहेको पनि बताउनु भयो । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको सरकार लागेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुशासन कुनैपनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त हो। राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग छौँ । कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ । तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन्। उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन् । तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन ।’

प्रधानमन्त्री कार्कीले उद्योग व्यवसाय बनिा देश नबन्ने भन्दै उद्योगीको मनोबल नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताउनु भयो ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/11/PM-Statement.pdf” title=”PM Statement”]