२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघले प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै



अ+ अ-

काठमाडौं: महासंघले प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २ ” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।

यस्तै कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल स्थित विभिन्न देशका राजदूतहरु, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधीहरु तथा निजी क्षेत्रका संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहने छ ।

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गरिएको महासंघले जनाएको छ ।

उद्योग वाणिज्य महासंघले यस अघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो ।