४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बङ्गलादेश क्रिकेटमा यौन उत्पीडनको आरोपपछि अनुसन्धान प्रारम्भ

बङ्गलादेश क्रिकेटमा यौन उत्पीडनको आरोपपछि अनुसन्धान प्रारम्भ
अ+ अ-

एजेन्सी । पूर्व महिला क्रिकेट कप्तान जहाँआरा आलमले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का पूर्व र कार्यरत अधिकारीहरूविरुद्ध यौन उत्पीडनको गम्भीर आरोप लगाएपछि बिसिबीले औपचारिक अनुसन्धान सुरु गरेको छ ।

३२ वर्षीया दायाँ हाते यी तेज बलरले हालै युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा सन् २०२२ मा दक्षिण अफ्रिकामा सम्पन्न महिला क्रिकेट विश्वकपका क्रममा तत्कालीन टोली चयनकर्ता तथा प्रबन्धक मन्जुरुल इस्लामसहितका केही अधिकारीहरूले आफूलाई र अन्य खेलाडीलाई यौन दुव्र्यवहार गरेको बताउनुभएको थियो ।

हाल चीनमा कार्यरत मन्जुरुल इस्लामले भने ती सबै आरोप ‘पूर्ण रूपमा आधारहीन’ रहेको दाबी गर्दै अस्वीकार गर्नुभएको छ । उहाँले सन् १९९९ देखि २००४ सम्म बङ्गलादेशका लागि १२ टेस्ट र ३४ एकदिवसीय ९एकदिवसीय० खेल खेल्नुभएको थियो ।

जहाँआराले सन् २०२२ को विश्वकपका क्रममा घटेको एक घटनाको स्मरण गर्दै मन्जुरुलले ‘अनुचित शारीरिक सम्पर्क गरेको’ आरोप लगाउनुभएको छ । उहाँका अनुसार मन्जुरुलले प्रोत्साहनका नाममा ‘महिला खेलाडीहरूलाई बारम्बार अँगालो हाल्ने वा छातीमा हात राख्ने’ जस्ता कार्यहरू गर्ने गर्नुहुन्थ्यो ।

मन्जुरुलले त्यस आरोपलाई पूर्ण अस्वीकार गर्दै भन्नुभयो, “तपाईं टोलीका अरु खेलाडीहरूलाई सोध्न सक्नुहुन्छ, ती सबै कुरा झूटो हुन् ।”

जहाँआराले बङ्गलादेशका लागि १३५ वटा अन्तर्राष्ट्रिय सेतो बल खेल खेल्नुभएको थियो, जसमा उहाँले एकदिवसीय क्रिकेटमा ४८ विकेट र टी–२० अन्तर्राष्ट्रियमा ६० विकेट लिनुभएको छ । उहाँले बिसिबीका अन्य अधिकारीहरूको नाम पनि सार्वजनिक गर्दै यसअघि बोर्डलाई औपचारिक पत्रमार्फत जानकारी गराएको तर कुनै कारबाही नभएको खुलासा गर्नुभएको छ ।

बङ्गलादेश क्रिकेट बोर्डले यस विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको छ । समितिले १५ कार्य दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्ने बताइएको छ ।

बिसिबीले बिहीबार राति सार्वजनिक गरेको विज्ञप्तिमा ‘सुरक्षित, सम्मानजनक र व्यावसायिक कार्य वातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता’ दोहोर्‍याएको छ ।

“हामीले यो विषय गम्भीरताका साथ अनुसन्धान गर्नैपर्छ, किनकि यसले खेल क्षेत्रमा नकारात्मक सन्देश दिन सक्छ”, बिसिबीका उपाध्यक्ष शाखावत हुसेनले भन्नुभयो ।

यस घटनाले बङ्गलादेश क्रिकेटमा लैङ्गिक सुरक्षा र पेशागत आचारसंहिताबारे गम्भीर प्रश्नहरू उठाएको बताइँदैछ ।