१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति र सम्पदा संरक्षणमा स्थानीय बासिन्दाको भुमिका उल्लेखनीयः वडा अध्यक्ष संगत



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गस्थित व्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भइ समुद्घाटन गरिएको छ ।

छैटौं शताब्दीको ऐतिहासिक यो मन्दिरको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको थियो । मन्दिर उद्घाटनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले मन्दिर परिसरमा रहेका स्थानीयका घरहरु हटाएर पुनःनिर्माण गरिएको बताउनुभयो । उहाँ मन्दिरको पुरानो जग खोजेर निजी आवासहरु खालि गराएर मन्दिर निर्माण गरेको बताउँदै संस्कृति संरक्षण स्थानीय नागरिकको समेत विषेश सहयोग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मन्दिर परिसरभित्र निजी व्यक्तिको घर परेको हो । हामीले मन्दिर बनाएको यो ठाउँमा कसैको जग्गा परिसकेको थिएन । हामीले जगसम्म खोजेर यो मन्दिर परिसर खालि गराएका हौं । त्यसकारण मन्दिर निर्माणमा केही पनि समस्या परेन । हाम्रा छिमेकीहरुले पनि साथ दिनुभयो । अब यसको संरक्षण साथै निरन्तर पूजाको लागि पनि आवश्यक काम गरेर अगाडि बढ्छौं ।’

मन्दिर उद्घाटन कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।