काठमाडौं । अन्तरिम सरकारले पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।
प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । संसद विघटन भएसँगै निष्क्रिय भएको विधेयक सरकारले आवश्यक परिमार्जनसहित राष्ट्रिय सभामा दर्ता गरेको हो ।










