१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु



अ+ अ-

काठमाडौं। तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु भएको छ ।

शुक्रवारबाट बल्खुस्थित क्यामेरा बिल्डिङमा शुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभाग र चीनको इलेक्ट्रोनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलद्वारा संयुक्त रूपमा सम्मेलन आयोजना गरिएको हो ।

दुई दिने सम्मेलनले संयुक्त राज्य अमेरिका, चीन, बंगलादेश, भूटान, भारत, श्रीलंका, जापान र नेपालका विद्वान र अनुसन्धानकर्ताहरूलाई सञ्चारका विभिन्न पक्षहरूमा आफ्नो अनुसन्धान प्रश्तुत गर्न एकसाथ ल्याउनेछ । त्रिभूवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले उद्घाटन मन्तव्य दिनुभएको छ भने त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले बदलिँदै गएको भूराजनीतिक गतिशीलता र विश्वव्यापी सञ्चारको औचित्य विषयमा आफ्ना धारणा राख्नुभएको छ ।

सम्मेलनले सीमापार संवाद र सहकार्यको लागि प्लेटफर्मको रूपमा काम गर्ने विश्वास लिइएको छ । ट्रान्स–हिमालय क्षेत्रमा सञ्चार, सामाजिक विकास र उदीयमान चुनौतीहरूमा ज्ञान आदानप्रदानलाई बढावा दिने आयोजकको विश्वास छ । प्रमुख विद्वानहरूमा एल पासोस्थित टेक्सास विश्वविद्यालयका अरविन्द सिंघल उपस्थित हुनुहुन्छ ।