१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रदेश २ सभा: नामकरण गर्न असफल, दुई तिहाई पुर्याउन नसकेपछि पुन: मतदान हुने

प्रदेश २ सभा: नामकरण गर्न असफल, दुई तिहाई पुर्याउन नसकेपछि पुन: मतदान हुने
अ अ+ अ-

जनकपुरधाम । प्रदेश–२ को प्रदेशसभाले नाममा सहमति जुटाउन असफल भएको छ । चार ओटा प्रस्तावमा गोप्य मतदान भएपनि कुनै पनि नाममा सहमति जुट्न नसकेको हो । कुनैपनि प्रस्तावमा दुईतिहार्ई नजुटेपछि अब कम्तीमा पनि तीन दलबीच सहमति हुनुपर्ने अनिवार्य भएको हो । दुई तिहार्ई पुग्ने अनुमान गरिएको सत्तारुढ दलको प्रस्तावमा समेत अस्वीकृत भएको छ । उनिहरूले प्रस्ताव गरे मधेश प्रदेशमा दुई तिहार्ई पुग्न १२ मत पुगेन । नामकरणका लागि सत्तारुढ राजपा र समाजवादी पार्टीले राखेको ‘मधेस प्रदेश’ को प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावको पक्षमा ६० मत खसेको थियो । मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए ।

क्रस भोटिङपछि ह्विपः सांसदहरूले क्रस भोटिङ गरेपछि मतदानमा आफ्ना सांसदलाई घेराबन्दी गरेर राख्दै प्रतिपक्षी नेपाली कांग्रेस

४ मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो । सांसदहरूले एक अर्काको प्रस्तावमा क्रस भोटिङ गरेपछि विपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले ह्विप नै लगाएपनि त्यो लागु भएन । नेकपाले केही सांसदलाई मतपत्र देखाएमात्र मतदान गर्न भनेपछि विवादसमेत भएको थियो । सत्तारुढ समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको प्रस्तावमा सबैभन्दा धेरै मत परेपनि आवश्यक ७२ मत परेन । दुई तिहाईका लागि सत्ता पक्षलाई १७ जना सांसद आवश्यक परेका थियो । प्रदेशमा नेकपा ३२, कांग्रेस १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् । यस्तो अवस्थामा सत्ता पक्षले आफूले राखेको प्रस्तावलाई दुई तिहाई पुर्याउन प्रतिपक्षी सांसदहरूको मत आवश्यक पर्नेछ ।

जसका लागि अब उसले अन्य दललाई मनाउनुपर्ने वा अन्य दलको प्रस्ताव मान्नुपर्ने अवस्था सिर्जना भएको छ । नेकपा र कांग्रेसलाई आफ्ना सांसदहरूले पक्षमा मत हाल्ने आशंका गरेपछि ह्विप जारी गर्दै आफ्ना सांसदलाई टसमस नहुन निर्देशन दिएका थिए । त्यसका बाबजुत पनि चार मत सत्तारुढ दलको प्रस्तावमा परेको छ । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता गरिएको थियो । सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला–भोजपुरा र केही सांसदले मध्य–मधेश प्रस्ताव गरेका थिए । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् तर उसले राखेको प्रस्तावमा ३७ मत खसेको थियो ।

नेकपाको प्रस्तावमाथि अन्य दलका ५ सांसदले समर्थन गरे तर कसले मत खसाले भने गोप्य मतदानका कारण खुल्न सकेन । जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो ।कांग्रेसको प्रस्तावमा पनि क्रस भोटिङ भयो । प्रदेश सभामा १९ सांसद रहेको कांग्रेसको प्रस्तावमा २८ मत खस्यो । सत्ता पक्षीय सांसदहरूले मत खसालेको आशंका छ । गोप्य मतदानमा क्रस भोटिङ बढेसँगै सत्ता पक्षलाई अन्य दलका सांसदहरूले भोट दिने सम्भावना बढेको थियो । नेपाली कांग्रेसले गरेको प्रस्ताव मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ र विपक्षमा ७९ वटा मत खसेसँगै सो प्रस्ताव अस्वीकृत भएको थियो । यस्तै, प्रदेश–२ को नामकरणका लागि नेकपा, कांग्रेस र बारा–पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

केही सांसदले गरेको मध्य मधेसको पक्षमा ४२ र विपक्षमा ६५ मत खसेको सभामुख सरोजकुमार यादवका राजनितिक सल्लाहकार अनिल महासेठले जानकारी दिए । सत्तारुढ दलको प्रस्तावपछि सबैभन्दा धेरै मत यही प्रस्तावमा परेको छ । सत्ता पक्ष राजपा र समाजावादीले प्रस्ताव गरेको ‘मधेस प्रदेश’मा मतदान सुरु भएसँगै नेकपाले आफ्ना सांसदले हालेको मतपत्र हेर्न अर्का सांसदलाई लगाएपछि विवाद भएको थियो । नेकपाका सांसद दिलिप साहले मतदान गरेपछि नेकपाकै अर्का सांसद किशोरी साहलाई मतपत्र देखाउँदै मतपेटिकामा मत खसालेका थिए । नेकपाले सत्तारुढ दलले राखेको प्रस्तावको विपक्षमा मत हालेको निश्चित गरेपछि मात्रै आफ्ना सांसदलाई मतपेटिकामा मत खसाल्न लगाएपछि विवाद भएको थियो ।

नेकपाले पार्टीको ह्विप नमान्न सक्ने सांसदहरूको सूची नै तयार पारेर उनीहरूको पछाडि अर्को सांसद खटाएर मतपत्र देखाएर मतपेटिकामा खसाल्न लगायो । प्रदेश २ को नामकरण लागि जारी मतदानमा ‘क्रस भोटिङ’ भएपछि प्रतिपक्ष कांग्रेसले पनि आफ्ना पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रदेश २ मा समाजवादी र राजपाको संयुक्त सरकार छ । समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ सांसद छन् । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरूले मत खसालेका थिए ।

चार वटै प्रस्तावमा दुई तिहार्ई नपुगेपछि अब संसद् सचिवालयले अर्को मितिमा निर्वाचन हुने जानकारी दिएको छ । दलहरूबीच सहमति जुटाएर अर्को मितिमा पुनः नामका लागि मतदान हुने सभामुख यादवले जानकारी दिए । प्रदेश सभा गठन भएको दुई वर्ष बितिसक्दा पनि नामाकरण गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला भएको मतदानले पनि निकास दिन नसकेको हो । यसअघि वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीले मात्र नामाकरण गरेका छन् । अब प्रदेश–१, २ र ५ ले मात्र नाम र केन्द्र तोक्न बाँकी रहेको छ । सौर्य दैनिक