१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सर्वोच्च अदालत: मानसिकरूपमा अस्वस्थ महिलाकै सहमतिमा करणी गरे पनि ‘बलात्कार’

सर्वोच्च अदालत: मानसिकरूपमा अस्वस्थ महिलाकै सहमतिमा करणी गरे पनि ‘बलात्कार’
अ अ+ अ-

सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १४ महिनाअघि सो ठहर गरेको भए पनि त्यसको पूर्ण फैसला भने मंगलबार मात्र आएको छ। काभ्रेपलाञ्चोक जिल्लाको संखुपाटीचौरमा २०७० साल चैत १० गते भएको घटनालाई लिएर सर्वोच्चले सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु गरेको भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने गरी नयाँ नजिर कायम गरेको हो। त्यस्तो नजिर कायम गर्दै सर्वोच्चले सो घटनामा प्रतिवादी बनाइएका देवलाल श्रेष्ठलाई शुरू र तत्कालीन पुनरावेदन अदालत, पाटनले गरेको फैसलालाई सदर गरेको छ।

सो घटनामा पीडित भएकी भनिएको ३० (ठ) (नाम परिवर्तन) लाई प्रतिवादीहरू श्रेष्ठ र नवराज तामाङले जबरजस्ती करणी गरेको आरोप लगाई सरकारले काभ्रे जिल्ला अदातमा मुद्दा दायर गरेको थियो। उक्त अदालतले प्रतिवादी दुवैलाई जनही १० वर्ष कैद गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। सो फैसलामा चित्त नबुझाई श्रेष्ठद्वारा तत्कालीन पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरिएको थियो। अर्का प्रतिवादी तामाङद्वारा शुरू अदालतको फैसलालाई नै स्वीकार गरिएको थियो। तत्कालीन पुनरावेदनले पनि शुरू अदालतको फैसलालाई सदर गरेपछि श्रेष्ठबाट सर्वोच्चमा निवेदन दिइएको हो।

पीडित भनिएकी महिला ३० (ठ) को सहमतिमा नै आफूले करणी गरेको भनी प्रतिवादी श्रेष्ठबाट बयान भएको थियो। सो बयानमा सहमतिमा गरेको करणीलाई जबरजस्तीको संज्ञा दिन नमिल्ने प्रतिवादीको जिकिर थियो। सर्वोच्चले मिसिल संलग्न रहेका विभिन्न कागजातबाट पीडित भनिएकी महिला सुस्त मनस्थिति भएको पुष्टि भएको उल्लेख गरेको छ। सर्वोच्चको फैसलामा उल्लेख गरिएको छ– ‘हाम्रो कानुनी व्यवस्थाले समेत मानसिक अवस्था ठीक नभएकी महिलाले करणीका लागि सहमति दिन नसक्ने परिकल्पना गर्दै त्यस्तो महिलाले दिएको सहमतिलाई वैधता नदिने व्यवस्था गरेको पाइन्छ।’

मानसिक रुपमा अस्वस्थ्य महिलाले दिएको सहमतिलाई पनि मान्यता दिन नसक्ने भनी भारतीय कानूनमा पनि उल्लेख भएको भनी फैसलामा स्मरण गरिएको छ। होस ठेगानामा नरहेको अवस्था मानसिक रुपमा सुस्तमनस्थिति भइरहेको स्थितिमा पनि हुन सक्ने उल्लेख गर्दै सर्वोच्चले यस्तो व्यक्तिले आफूले गरेको कार्यको परिणाम र ठीक÷बेठीक छुट्याउन सक्ने क्षमता नै नहुने स्पष्ट गरेको छ। पीडित भनिएकी ३०(ठ) लाई करणी गरेबापत प्रतिवादी श्रेष्ठलाई ५ वर्ष र पीडित महिला सुस्त मनस्थिति भएकीले थप ५ गरी १० वर्ष सजाय हुने सर्वोच्चको ठहर छ। नेपाल समाचारपत्र दैनिक