काठमाडौं । विद्रोही स्वभावकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालप्रति आक्रोस व्यक्त गरेकी छन् ।
नेपालले नेकपा एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रमा समायोजन गरेपछि झाँक्रीले त्यसलाई स्वीकार नगरी एमालेमै फर्किने तयारी गरेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने अस्वीकार गर्दै झाँक्रीले एकीकृत समाजवादीको अध्याय समाप्त भएको टिप्पणी गरेकी थिइन् ।
आज उनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्नै बेइज्जत हुने कारबाही न नगरेको भए हुने कमरेड भनेकी हुन् ।
झाँक्री सामाजिक सञ्जालमा लेखेकी छन्–
प्रिय कमरेड माधव
अभिवादन !
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ।
केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो । जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले।
लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।










