१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपत्यकामा प्रहरीद्वारा छापा, कालाबजारी गर्नेलाई कारबाही गर्न निर्देशन

उपत्यकामा प्रहरीद्वारा छापा, कालाबजारी गर्नेलाई कारबाही गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ, ग्यास, मास्क, सेनिटाइजरलगायत दैनिक उपभोग्य वस्तु असमान बिक्रीवितरण तथा कालोबजारी गर्नेलाई तत्कालै कारबाही गर्न महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ। मंगलबार साँझ उपत्यकाका सबै प्रहरी युनिटलाई तत्काल छापा मारी कारबाही प्रक्रिया अगाडि बढाउन महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिएका छन्। उनले कोही कसैले असमानरूपमा बिक्रीवितरण गरेको भन्ने सूचना आएकाले तत्काल छापा मारी कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको बताए। मंगलबार मात्रै बजारमा पेट्रोलिय पदार्थको हाहाकार भएको थियो भने खाना पकाउने ग्यास नपाएर कतिपय उपभोक्ताको चुलो बलेको थिएन।

कोरोना भाइरसका कारण देखाउँदै बजारमा कालोबजारी शुरू भएको र व्यापारीले मौकाको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गर्नुका साथै बिक्रीवितरणमा असहजता ल्याएका थिए। तेलको स्वचालित मूल्य निर्धारण प्रणालीका कारण घाटा पर्ने त्रासले व्यापारीले पेट्रोलियम आयत गरेका थिएनन्। सरकार पनि बजार व्यवस्थापनमा चुकिरहेको थियो। हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँ घटाएको छ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६ रुपियाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९५ रुपियाँ कायम गरिएको छ।

यसैगरी आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ४ रुपियाँ ५० पैसाले घटाई प्रतिलिटर ९० कायम गरिएको छ। खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ। यति गर्दा पनि बजारमा कालोबजारी तथा असमान वितरण नरोकिएकाले उपत्यकाका काठमाडौं, ललितपुर तथा भक्तपुरका सबै प्रहरी युनिटलाई छापा मारी कालोबजारी नियन्त्रणमा लिन निर्देशन दिइएको महानगरीय प्रहरी प्रमुख पोखरेलले बताए। नेपाल समाचारपत्र दैनिक