१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा

उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौंका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए । सरकारले मंगलबार मात्रै काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गर्दै त्यसको आवश्यक चाँजोपाजो मिलाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो । सरकारको सो निर्णयअनुसार १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सचिव कोइरालाले बताए ।

सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा १२० र उपत्यका बाहिर ११५ आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको थियो । सचिव कोइरालाका अनुसार यदि संक्रमण फैलिहालेको अवस्थामा पहिलो चरणमा बढीमा १ हजार जना सम्म राख्न सक्नेगरी आइसोलेसन बेड बनाइएको छ । ‘यो एकैपटक फैलने होइन, व्यक्तिबाट फैलने दर अत्याधिक हुने भएकाले संक्रमण हुनेलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिएमा थप संक्रमण हुनबाट बचाउन सकिन्छ, ’कोइरालाले भने ।

उनले रुघाखोकीले उच्च रूपमा सताइएका व्यक्ति आफैं सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताए । सरकारले पूर्णरूपमा तयारी गरेकाले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । संक्रमण बढेमा कतिपय निजी अस्पतालका बेडलाई समेत प्रयोग गर्न सकिने गरी निजी अस्पतालका सञ्चालकसँग छलफल थालिएको सचिव कोइरालाले जानकारी दिए । यसैगरी, सरकारको भारतबाट नेपाल भित्रने विभिन्न नाकामा कडाइ गर्ने भएको छ ।

भारतबाट नेपाल भित्रने सबै नाकाबाट नेपाल भित्रनेहरूलाई कडा परीक्षण गरेर आउन दिने वा केही समयलाई प्रवेशमा पूर्ण रोक लगाउने भन्ने विषयमा मंगलबार सरकारी अधिकारीबीच उच्चस्तरमा छलफल भए पनि निर्णय भने हुन सकेको छैन । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी र निजी अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर जानेहरूको स्वास्थ्य परीक्षण गर्न समेत निर्देशन दिएको छ । राजधानी दैनिक