२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सर्यो



अ+ अ-

जेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गर्दै च्याम्पियन्स लिग र युरोपाको फाइनल खेललाई सारेको छ । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिना सरेको छ ।

च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल आगामी मे महिनामा तय भएको थियो तर अब जुनमा हुनेभएको छ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ । यस अघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष सरेको छ । यस्तै च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित गरिसकेको छ ।