३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सर्यो



अ+ अ-

जेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गर्दै च्याम्पियन्स लिग र युरोपाको फाइनल खेललाई सारेको छ । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिना सरेको छ ।

च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल आगामी मे महिनामा तय भएको थियो तर अब जुनमा हुनेभएको छ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ । यस अघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष सरेको छ । यस्तै च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित गरिसकेको छ ।