२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्री–श्रेष्ठ समूहको ओलीसँग भेट, ५० भन्दा बढी नेता एमालेमा फर्किने दाबी



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा विद्रोह गरेका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार उनीहरूले बिहीबार राति अध्यक्ष ओलीसँग भेट गरेका हुन्। बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तयारी भएको दाबी गरेका छन्।

उनका अनुसार आगामी मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ नामक कार्यक्रम आयोजना गरी उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गर्नेछन्।

यसअघि नेता किसान श्रेष्ठले आफूहरू निशर्त एमालेमा फर्कन तयार रहेको बताएका थिए।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हालै माओवादी केन्द्रसहितका १० वाम दलसँग एकता गरेका थिए। तर झाँक्री–श्रेष्ठ समूह भने सो एकता प्रक्रियामा सहभागी भएका थिएनन्।

बस्नेतका अनुसार नेताहरूले अध्यक्ष ओलीसँग भेटपछि गुण्डुमा राति १० बजे भेटघाट गरी बिहान २ बजे फर्किएका थिए।