९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकेदारसँगको सेटिङमा सवा १ करोड कर छली, कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि धरानस्थित स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँ (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो।

उक्त सम्झौताअनुसार कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने थियो। तर तत्कालीन कर अधिकृत आले र कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतबीच मिलेमतो गरी सो रकम हिनामिना गरेको ठहर अख्तियारले गरेको छ।

अख्तियारले आले र बस्नेतलाई जनही १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बराबरको बिगो कायम गरी सोही रकमबराबर जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।