१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ ।