२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ ।