२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ता गर्न आयोगमा दियो निवेदन



अ+ अ-

काठमाडौं । विभिन्न १० दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले मिलेर बनेको पार्टीले एकता घोषणा गरेको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । पार्टीको दल दर्ता निवेदन प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन  दलहरुले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।