२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्



अ+ अ-

एजेन्सी । गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन् । ४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए । जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो ।

चार दिनसम्म उनी गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा पल्टिए । न ओछ्यान, न उपकरण, न पर्याप्त उपचार । आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको घरलाई निशाना बनाइएको उनी सम्झन्छन् ।  आफूलाई छर्राले लागेको थियो । उनलाई अझै फुटबल खेल्न मन छ । तर शरीरले साथ दिँदैन । आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने उनको सोच छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२३ देखि अंगभंग भएका गाजामा ५ हजार भन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन् । जसमा लगभग ७ सयबालबालिकाहरू पनि समावेश छन् । धेरै अंगभंग भएकाहरूले अस्थायी उपकरणहरू पाउँछन् । केहीले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अंगहरूको लागि महिनौं कुर्नुपर्छ ।