४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्
अ+ अ-

एजेन्सी । गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन् । ४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए । जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो ।

चार दिनसम्म उनी गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा पल्टिए । न ओछ्यान, न उपकरण, न पर्याप्त उपचार । आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको घरलाई निशाना बनाइएको उनी सम्झन्छन् ।  आफूलाई छर्राले लागेको थियो । उनलाई अझै फुटबल खेल्न मन छ । तर शरीरले साथ दिँदैन । आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने उनको सोच छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२३ देखि अंगभंग भएका गाजामा ५ हजार भन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन् । जसमा लगभग ७ सयबालबालिकाहरू पनि समावेश छन् । धेरै अंगभंग भएकाहरूले अस्थायी उपकरणहरू पाउँछन् । केहीले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अंगहरूको लागि महिनौं कुर्नुपर्छ ।