२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित नभए विशेष महाधिवेशन गर्नुपर्छ : कांग्रेस नेता अब्दुल सतार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नियमित महाधिवेशन गर्न नसके विशेष गर्नुपर्ने बताएका छन् । उनले विशेष महाधिवेशन गर्न कसैले पनि खुट्टा कमाउनु नपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सदस्य अब्दुल सतारले विशेष महाधिवेशनका लागि २ हजार ४८८ प्रतिनिधिले गरेको मागको सुनुवाइ हुनुपर्ने बताए ।

उनले महामन्त्री गगन थापाले पेस गरेको नियमित महाधिवेशनको समय अनुसार महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानैपर्ने बताए ।

नेता सतारले आगामी फागुन २१ गतेको चुनावभन्दा अगाडि नै महाधिवेशन गर्नुपर्ने र नयाँ नेतृत्वसहित पार्टी चुनावमा जानुपर्ने बताए । निर्वाचनभन्दा पहिला महाधिवेशन गरियो भने निर्वाचनमा अन्तर्घात हुन्छ भन्ने तर्क औचित्यहीन रहेको उनको भनाइ थियो ।