२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ पूर्णिमाको जुनमा मकै सुकाइन्छ



अ+ अ-

काठमाडौं। बिस्कुन घाममा सुकाएको त सबैलाई थाहै छ । कतिपय हामीले पनि सुकाएकै हौँला । आकाशमा बादल नभएको र चर्का घाम लागेको दिन पारेर बिस्कुन सुकाउने गरिन्छ ।

तर पनि जुनमा बिस्कुन सुकाएको यहाँहरुमध्ये धेरैलाई थाहा नहुन सक्छ । रातिको समयमा पनि कसरी सुकाउनु र बिस्कुन ? अनि जुनको तातोले बिस्कुन के नै पो सुक्छ र ?

तर गोरखामा एउटा यस्तो परम्परा छ कि त्यहाँ रातिको समयमा बिस्कुन सुकाउने गरिन्छ । कात्तिक वैकुण्ठ चतुर्दशीको भोलिपल्ट पर्ने पूर्णिमाको दिन अर्थात् आज त्यहाँ रातिको पूर्णिमाको जुनमा मकै सुकाउने गरिन्छ ।

गोरखामा यसलाई मकै सुकाउने पर्व भनिन्छ । आज त्यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व धूमधामका साथ मनाएका छन् ।

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएका हुन् ।

आज गोरखाको ठूलो आँगनमा प्लास्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएएको थियो । सो पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्न लगेका थिए । यो पर्व मनाइसकेपछि यसरी सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको स्थानीयको भनाई छ ।

आज जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वास रहेको छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरुपमा मनाउन थालिएको छ । यहाँ यो पर्व दशकौँ पहिलेदेखि मनाउन थालिएको हो ।

फोटो- प्रकाश श्रेष्ठ