२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा भदौ २३–२४ घटना छानबिन आयोगबारे कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको वैधतामाथि प्रश्न उठाउँदै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अजीज मुसलमानको संयुक्त इजलासले बुधवार आदेश जारी गर्दै सरकारका नाममा लिखित जवाफसहित कारण पेश गर्न निर्देशन दिएको हो।

अदालतको आदेशमा भनिएको छ, “मिति २०८२ असोज ५ गते गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के उद्देश्य र आसयसहित सार्वजनिक अभिव्यक्ति दिएका हुन् भन्ने कुरा लिखित जवाफबाट स्पष्ट हुने देखिन्छ, साथै आयोग जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३९२० बमोजिम गठन भएको देखिन्छ।”

भदौ २३ र २४ मा देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा त्यस क्रममा भएका झडप र गोलीकाण्डका घटनाको छानबिनका लागि सरकारले गौरिबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

तर आयोग गठनअघि नै कार्कीले सार्वजनिक रूपमा पूर्वाग्रही र भड्काऊ अभिव्यक्ति दिएको भन्दै आयोग निष्पक्ष हुन नसक्ने दाबी गर्दै विपिन ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। अदालतले अब सरकार र आयोग पक्षबाट लिखित जवाफ मागेको छ।