२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको प्रश्तावः प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ



अ+ अ-

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सधैभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क थियो । उहाँले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।

नेता गौतमले भन्नुभयो, ‘यो सधैँभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिना/महिनामा सरकार परिवर्तन गर्ने सिष्टम राज्य संचालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्नसक्छौँ । तपाईहरुलाई मेरो विनम्र अनुरोध छ–यो प्रश्ताव पारित गरिदिनोस्, यसलाई साथ दिन जनता तयार छ ।’  

नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरुले अनिवार्य रुपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताउनु भयो ।